इजरायलको हवाई आक्रमणमा हमासका दुई वरिष्ठ सदस्य मारिएको दाबी
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २६ शनिबार
2.1k
Shares
काठमाडौँ । इजरायल डिफेन्स फोर्सेसले शुक्रबार जनाएअनुसार बिहीबारको हवाई आक्रमणमा हमासका दुई वरिष्ठ सदस्य मारिएका छन् ।
गाजाका स्वास्थ्य अधिकारीहरूले पछिल्लो २४ घण्टामा उक्त क्षेत्रमा १४ जनाको मृत्यु भएको रिपोर्ट गरेका छन् ।
सेनाले हमासको एन्टी-ट्यांक मिसाइल युनिटका प्रमुख भनेर चिनिने कमल अब्द अल-रहमान मुहम्मद अवादलाई मारेको छ । सेनाले हमासको हतियार निर्माण विभागका प्रमुख व्यक्तित्व भनिएका अहमद थाबेटको मृत्यु भएको पनि जनाएको छ ।
सेनाले जनाएअनुसार इजरायली सेना परिचालित गाजा सहरको एक क्षेत्रतर्फ बिहीबार गाजाबाट असफल रकेट प्रक्षेपण गरिएपछि यी आक्रमणहरू गरिएका हुन् ।
आधिकारिक प्यालेस्टाइनी समाचार एजेन्सीले अवादको मृत्युको पुष्टि गरे पनि उनलाई सर्वसाधारण नागरिकको रूपमा चित्रण गरेको छ । उत्तरी गाजामा रहेको कमान्ड-एन्ड-कन्ट्रोल कम्पाउन्डलाई पनि निशाना बनाएको रिपोर्ट गरेको छ ।
जसमा हतियार भण्डारण गर्न र आक्रमणको योजना बनाउन उक्त स्थान प्रयोग गरिरहेका चार लडाकु मारिएका छन् । हमासले विशिष्ट मृत्युबारे आधिकारिक रूपमा टिप्पणी गरेको छैन ।
तर प्रवक्ता हाजेम कासिमले यी आक्रमणहरूले इजरायली कब्जाले युद्धविरामप्रतिको आफ्नो प्रतिवद्धता त्यागेको पुष्टि गर्दछ । गाजा स्वास्थ्य प्राधिकरणले पछिल्लो दिनमा इजरायली आक्रमणमा पाँच बालबालिका सहित १४ प्यालेस्टाइनी मारिएको र १७ जना घाइते भएको बताएको छ ।
अधिकारीहरूले केही पीडितहरू भग्नावशेषमुनि वा उद्धार टोलीको पहुँच नभएका क्षेत्रमा फसेको उल्लेख गरेका छन् ।
अक्टोबर १०, २०२५ मा युद्धविराम लागू भएदेखि, गाजाको मृत्यु संख्या चार सय ३९ पुगेको छ र एक हजार दुई सय २३ जना घाइते भएका छन् ।
नीय स्वास्थ्य अधिकारीहरूकाअनुसार सो अवधिमा उद्धार टोलीले ६८८ शव बरामद गरेको छ । व्यापक द्वन्द्वमा अक्टोबर २०२३ मा गाजामा इजरायलको सैन्य अभियान शुरू भएदेखि कम्तीमा ७१ हजार चार सय नौ प्यालेस्टाइनी मारिएका छन् । १ लाख ७१ हजार तीन सय चार घाइते भएका छन् ।