ग्रीनल्याण्डका लागि सजिलो वा कठिन तरिकाले सम्झौता गरिन्छ : डोनाल्ड ट्रम्प
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २६ शनिबार
2k
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले ग्रीनल्याण्ड प्राप्त गर्नका लागि सजिलो वा कठिन तरिकाले सम्झौता गर्ने बताएका छन् ।
ह्वाइट हाउसले ग्रीनल्याण्डका बासिन्दाहरूलाई अमेरिकामा सामेल हुन सहमत गराउन पैसा तिर्नेबारे विचार गरिरहेको भन्ने सञ्चार माध्यमको रिपोर्टबारे सोधिएको प्रश्नमा ट्रम्पले आफू अहिले ग्रीनल्याण्डका लागि पैसाको बारेमा कुरा नगरिरहेको बताए ।
अमेरिकी सञ्चार माध्यमकाअनुसार अमेरिकाका लागि डेनिस राजदूत जेस्पर मोलर सोरेन्सन र अमेरिकाका लागि ग्रीनल्याण्डका प्रतिनिधि प्रमुख ज्याकोब इबोसेथसेनले बिहीबार ह्वाइट हाउसका अधिकारीहरूसँग भेट गरेका थिए ।
ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै ट्रम्पको ग्रीनल्याण्डको मागका सन्दर्भमा अमेरिकी सेनाको उपयोग सधैं एक विकल्प रहेको बताएको छ ।
ग्रीनल्याण्ड र डेनमार्क दुवैले यो टापु विक्रीको लागि नभएको स्पष्ट पारेका छन्।