arrow

चिसो बढ्दो क्रममा, तराईका अधिकांश स्थानमा हुस्सु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २६ शनिबार
weather-always-2082.jpg
तस्बिर : फाइल

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

हाल मौसमको कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार कोशी, मधेस र लुम्बिनी प्रदेशका तराई भू–भागमा हुस्सु÷कुहिरो रहनुका साथै बाँकी तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउँसो  तराई भू–भागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सुरकुहिरो रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

देशभर नै चिसो बढ्दो क्रममा रहेको छ । काठमाडौँ उपत्यकाको तापक्रमसमेत निकै घटेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ