arrow

सुनको भाउ तोलामा २१ सयले बढ्दा चाँदीको घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको भाउ बढ्दा चाँदीको भने घटेको छ ।

शुक्रबार सुनको भाउ तोलामा दुई हजार एक सय बढ्दा चाँदीको ५५ रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

मूल्य बढेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ६७ हजार आठ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनको भाउ बिहीबार प्रतितोला दुई लाख ६५ हजार सात सय रुपैयाँ रहेको थियो ।

सुनको भाउ हालसम्मकै उच्च पुस १३ मा प्रतितोला दुई लाख ७० हजार छ सय रुपैयाँ पुगेको थियो । 

यता, बिहीबार प्रतितोला चार हजार आठ सय ३५ रुपैयाँमा कारोबार भएको असली चाँदी शुक्रबार चार हजार सात सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको भाउ हालसम्मकै उच्च पुस २३ मा प्रतितोला चार हजार नौ सय ३५ रुपैयाँ पुगेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ