arrow

सुन तोलामा दुई हजार र चाँदी सय रुपैयाँले सस्तियो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
gold-jewalary.jpg

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बुधबार सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। बुधबार प्रतितोला ४ हजार ९ सय ३५ रुपैयाँको उच्च बिन्दुमा पुगेको चाँदीको मूल्य बिहीबार १०० रुपैयाँले घटेर ४ हजार ८ सय ३५ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य परिवर्तनका कारण स्थानीय बजारमा पनि सुनचाँदीको भाउ सस्तिएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ