इजाजत बिना सञ्चालित निजी स्वास्थ्य संस्थालाई कागजात पेश गर्न प्रशासनको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
971
Shares
सिरहा । सिरहा जिल्लामा इजाजत बिना वा स्वीकृत सेवाभन्दा फरक सेवा प्रवाह गर्दै आएका निजी अस्पताल, पोलिक्लिनिक तथा एम्बुलेन्स सञ्चालनकर्तालाई जिल्ला प्रशासन कार्यालय सिरहाले सात दिनभित्र आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गर्दै जिल्लाभित्र सञ्चालनमा रहेका निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले सम्बन्धित सरकारी निकायबाट प्राप्त इजाजत, स्वीकृतिपत्र, नवीकरणलगायत अन्य आवश्यक कागजातहरू पेश गर्न आग्रह गरेको हो ।
सूचनामा उल्लेख भएअनुसार, स्वास्थ्य सेवामा सक्रिय रहेका मेडिकल, अस्पताल, पोलिक्लिनिक तथा एम्बुलेन्स सञ्चालकहरूले इजाजत नलिई वा इजाजत लिएको सेवाभन्दा फरक सेवा सञ्चालन गरिरहेको भन्ने गुनासो तथा जानकारी प्राप्त भएपछि यस्तो निर्देशन जारी गरिएको जनाइएको छ ।