काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मधेस प्रदेशमा अन्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले उम्मेद्वारी दर्ता गराएका छन् ।
निर्वाचन कार्यालय मधेस प्रदेशमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ठाकुरले उम्मेद्वारी दर्ता गराएका हुन् ।
उनको प्रश्तावकमा लोसपाका मधेस प्रदेश सभा सदस्य जयनुल राईन छन् भने समर्थकमा समेत लोसपाकै प्रदेशसभा सदस्य एवं मधेस सरकारको शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी छन् ।
जनता समाजवादी पार्टी नेपाल र लोसपाबीच पार्टी एकताको निर्णय भइसकेको छ ।
मधेस प्रदेशमा चार ओटा सिटका लागि उम्मेद्वारी दर्ता हुँदैछ ।
दलित, अल्पसंख्यक/अपाङ्ग, महिला र अन्य सिटमा निर्वाचन हुँदैछ ।
मधेस प्रदेशमा प्रदेशसभातर्फ एक सय चार जना र स्थानीय तहतर्फ दुई सय ६६ गरी तीन सय ७० जना मतदाता छन् ।