महोत्तरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरीमा ३७ ओटा मतदान केन्द्र थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा दुई सय ५८ ओटा मतदानस्थल तोकिएका छन् ।
जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा पाँच सय ३६ ओटा मतदान केन्द्र कायम गरिएको जानकारी दिए ।
उनका अनुसार यसअघि जिल्लामा चार सय ९९ ओटा मतदान केन्द्र रहेकामा ३७ थप गरी पाँच सय ३६ पुर्याइएको हो ।
चार ओटा निर्वाचन क्षेत्र रहेको महोत्तरीको निर्वाचन क्षेत्र नं १ मा ५९ ओटा मतदानस्थल र एक सय ३० ओटा मतदान केन्द्र कायम भएका छन् ।
यस्तै निर्वाचन क्षेत्र नं २ मा ६२ मतदानस्थल र एक सय ३३ ओटा मतदान केन्द्र कायम गरिएको झाले उल्लेख गरे ।
निर्वाचन क्षेत्र नं ३ मा ७७ मतदानस्थल र एक सय ४२ ओटा मतदान केन्द्र कायम गरिएको छ भने निर्वाचन क्षेत्र नं ४ मा ६० मतदानस्थल र एक सय ३१ ओटा मतदान केन्द्र कायम गरिएको निर्वाचन अधिकारी झाले बताए ।
उनका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाट चार लाख ३१ हजार दुई सय ८२ जना मतदाताले मतदान गर्नेछन् । रासस