arrow

सञ्चारमन्त्री स्पष्टीकरण: "निर्वाचन लड्नेबारे कुनै निर्णय गरेको छैन"

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
jagdish-09-08.jpg

काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो उम्मेदवारीबारे भइरहेका विभिन्न चर्चाको खण्डन गरेका छन्। बुधबार नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफूले निर्वाचन लड्ने वा नलड्ने भन्नेबारे अहिलेसम्म कुनै पनि निर्णय नगरेको स्पष्ट पारे।

पार्टी प्रवेश र उम्मेदवारीको चर्चा विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचन लड्ने चर्चा भइरहेका बेला मन्त्री खरेलले आफू आजको मितिसम्म कुनै पनि राजनीतिक दलमा आवद्ध नभएको बताए। "मैले अहिलेसम्म चुनावमा उठ्ने वा उठन नउठ्ने निर्णय गरेको छैन। म कुनै पार्टीमा प्रवेश गरेको छैन र कसैसँग वार्ता वा छलफल पनि गरेको छैन," उनले भने।

सरकारको ध्यान निर्वाचनमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारको मुख्य र सम्पूर्ण ध्यान आगामी फागुन २१ का लागि तय गरिएको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनु रहेको उनले दोहोर्‍याउनुभयो। उनले सञ्चारमाध्यमहरूमा आफ्नो उम्मेदवारीलाई लिएर आएका समाचारहरू सत्य नभएको भन्दै त्यस्ता 'झुटो समाचार' प्रति असन्तुष्टि व्यक्त गरे।

सञ्चारमाध्यमलाई आग्रह मुलुक निर्वाचनको संवेदनशील मोडमा रहेकाले सही र तथ्यपूर्ण समाचार मात्र सम्प्रेषण गर्न मन्त्री खरेलले पत्रकारहरूलाई आग्रह गरे। पत्रकारिता पृष्ठभूमिबाटै राजनीतिमा आएका खरेलले गलत सूचनाले निर्वाचनको वातावरणलाई प्रभाव पार्न सक्ने भन्दै सचेत रहन सुझाव दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ