arrow

सम्पत्ति शुद्धीकरण निवारण नियमावली २०८२ स्वीकृत, यस्ता छन् सरकारका निर्णयहरू

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २२ मंगलबार
jagadish-kharels.jpg

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउसरकारले न्डरिङ्ग) निवारण (पहिलो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ । 

पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यसबारे जानकारी गराएका हुन् ।

उनका अनुसार सरकारले प्रत्येक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

यस्तै सरकारले नेपालमा भिसा नियमित नगरी बसोवास गर्दै आएका १५ जना विदेशी नागरिकहरूले प्रचलित कानूनअनुसार नेपालबाट प्रस्थान हुने मितिसम्म बुझाउनुपर्ने विलम्व शुल्क र जरिवाना वापतको दस्तुर मिनाहा गरी नेपालबाट प्रस्थान गराउने निर्णय गरेको छ ।

मन्त्री खरेलकाअनुसार सरकारले गृह मन्त्रालयअन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गरेको छ । 

यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरू 

-डिजिटल नेपाल ट्रान्सफरमेशन प्रोजेक्टको लागि विश्व बैंकबाट प्रस्तावित ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिने सम्बन्धमा सैद्धान्तिक सहमति दिने र सो ऋणसँग सम्बन्धित वित्तीय सम्झौतालगायतका दस्तावेजहरूलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा सरोकारावाला निकायका प्रतिनिधिहरू रहने गरी वार्ता टोली गठन गर्ने । 

-सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (पहिलो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने । 

-मिति २०८२ पुस २२ गते थाइल्याण्डको बैंककमा हुने एफएटीएफ/इन्टरनेशनल कोअप्रेशन रिभ्यू ग्रुप/ एशिया प्यासिफक ज्वाइन्ट ग्रुपसँग नेपाली प्रतिनिधिमण्डलको फेस टू फेस मिटिङमा सहभागी हुन नेपाल राष्ट्र बैङ्कका गभर्नर नेतृत्वको नेपाली प्रतिनिधिमण्डल गठन गर्ने । 

-प्रत्येक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउने । 

-नेपालमा भिसा नियमित नगरी बसोवास गर्दै आएका १५ जना विदेशी नागरिकहरूले प्रचलित कानूनअनुसार नेपालबाट प्रस्थान हुने मितिसम्म बुझाउनुपर्ने विलम्व शुल्क र जरिवाना वापतको दस्तुर मिनाहा गरी नेपालबाट प्रस्थान गराउने ।

-गृह मन्त्रालय अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने ।

-नेपाली सेनातर्फ तीनजना सहायक रथीलाई उपरथी दर्जामा एवं चार जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने, चारजना सहायक रथीको सरूवा गर्ने र एकजना उपरथीको भारत भ्रमण स्वीकृत गर्ने । 

-वैदेशिक रोजगारीको सिलसिलामा इराक गई त्यहाँको आधिकारिक भिसा प्राप्त गरेका नेपाली नागरिकहरुलाई तोकिएबमोजिम श्रम स्वीकृति दिन स्वीकृति प्रदान गर्ने । 

-शहरी विकास मन्त्रालय अन्तर्गत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालय, बबरमहलमा कार्यरत लेखापाललाई कडा रोग लागेकाले प्रचलित कानूनबमोजिम थप आर्थिक् सहायता उपलब्ध गराउन स्वीकृति दिने । 

-नेपाल र भारत सरकारबीच हुने स्वास्थ्य र औषधि क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी मेमोरेण्डम अफ अण्डस्ट्याडिङ बिटुइन द मिनिस्ट्रि अफ हेल्थ एण्ड पपुलेशन अफ गभर्मेण्ट अफ नेपाल एण्ड द मिनिस्ट्रि अफ हेल्थ एण्ड फ्यामिली वेलफेयर अफ द गभर्मेण्ट अफ द रिपब्लिक अफ इण्डिया अन कोअप्रेशन इन द फेल्ड अफ हेल्थ एण्ड मेडिसाइन विषयक परिमार्जित समझदारी पत्र स्वीकृत गर्ने । 

-नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२/६/५ को निर्णयबमोजिम संवत २०८२ साल भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्याङ्कन गर्न र सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गठित समितिले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाउने । 

-मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेस प्रदेशको प्रमुख सचिव पदमा सहसचिव कमलप्रसाद भट्टराईलाई कायम मुकायम मुकरर गर्ने । 

-उपमहालेखापरीक्षक श्री इन्द्रप्रसाद आचार्य उमेरहदको कारण २०८२ पुस ९ गतेदेखि अनिवार्य अवकाश हुने हुँदा उहाँलाई अवकाशको जानकारी दिने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ