arrow

डाँडागाउँमा मृत भेटियो जङ्गली हात्ती

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २२ मंगलबार
elephant-died-81-4-29.jpg

झापा। झापाको बुद्धशान्ति गाउँपालिका-३ स्थित डाँडागाउँमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ ।

डाँडागाँउका लालबहादुर रसाइलीको खेतमा मंगलबार बिहान जङ्गली भाले हात्ती मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले घट्नास्थल सुरक्षित राखेको छभने डिभिजन वन कार्यालय झापाको टोली घटनास्थलमा पुगेर मुचुल्का तयारी गरिरहेको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

योसँगै झापामा चालू आर्थिक वर्षमा मात्रै दुईटा हात्तीको भइसकेको डिभिजन वन कार्यालय झापाका वन अधिकृत हिमाल पाठकले बताए । हात्तीको आक्रमणबाट चालु आवमा हालसम्म चार जनाको मृत्यु भइसकेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ