arrow

ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २२ मंगलबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । सोमबारको तुलनामा सुनको भाउ तोलामा तीन हजार एक सय र चाँदीको एक सय ९५ रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

मूल्य बढेसँगै मंगलबार छापावाला सुनको प्रतितोला दुई लाख ६८ हजार एक सय रुपैयाँ पुगेको छ । सुन सोमबार प्रतितोला दुई लाख ६५ हजारमा कारोबार भएको थियो । 

सुनको भाउ हालसम्मकै उच्च पुस १३ मा हालसम्मकै उच्च प्रतितोला दुई लाख ७० हजार छ सय रुपैयाँ पुगेको थियो । यता सोमबार प्रतितोला चार हजार छ सय ८५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ मंगलबार चार हजार आठ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

चाँदीको भाउ हालसम्मकै उच्च पुस १४ मा प्रतितोला चार हजार आठ सय ९५ रुपैयाँ पुगेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ