काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । सोमबारको तुलनामा सुनको भाउ तोलामा तीन हजार एक सय र चाँदीको एक सय ९५ रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
मूल्य बढेसँगै मंगलबार छापावाला सुनको प्रतितोला दुई लाख ६८ हजार एक सय रुपैयाँ पुगेको छ । सुन सोमबार प्रतितोला दुई लाख ६५ हजारमा कारोबार भएको थियो ।
सुनको भाउ हालसम्मकै उच्च पुस १३ मा हालसम्मकै उच्च प्रतितोला दुई लाख ७० हजार छ सय रुपैयाँ पुगेको थियो । यता सोमबार प्रतितोला चार हजार छ सय ८५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ मंगलबार चार हजार आठ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
चाँदीको भाउ हालसम्मकै उच्च पुस १४ मा प्रतितोला चार हजार आठ सय ९५ रुपैयाँ पुगेको थियो ।