arrow

वीरगञ्जमा मंगलबार बिहान ८ बजेसम्म कर्फ्यू [सूचना]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
birganj.jpg

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका मुख्य क्षेत्रहरूमा कर्फ्यू आदेश जारी गरेको छ । जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले पुस २१ गते साँझ ६ः०० बजेदेखि मंगलबार पुस २२ गते बिहान ८ः०० बजेसम्मका लागि कर्फ्यू लगाएका हुन् ।

प्रशासनका अनुसार पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावर हाउस चोक र दक्षिणतर्फ शंकराचार्य गेटसम्मको सीमानाभित्र कर्फ्यू लागू हुनेछ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कर्फ्यू आदेशमा उल्लेख छ ।

कर्फ्यू जारी भए तापनि एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधनहरूलाई आवश्यक पहिचानका आधारमा आवत-जावतमा सहजीकरण गरिने प्रशासनले जनाएको छ।

कर्फ्यू आदेश तोकिएको क्षेत्रभित्र कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

प्रशासनले कर्फ्यू अवधिमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ ।

आदेशको उल्लङ्घन गर्ने जोकोहीलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

यसअघि सोमबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश भएको थियो ।

यस्तो छ सूचना

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ