arrow

भीमफेदीको जुरीखेतमा सुमो दुर्घटना, छ जनाको मृत्यु, तीन घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २० आइतबार
accident-final.jpg

बागमती । हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका—६ जुरीखेतस्थित सडकमा आइतबार साँझ भएको सुमो गाडी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । 

काठमाडौँबाट हेटौडातर्फ आउदै गरेको ना१ज १७७८ नंको सुमो गाडी दुर्घटना हुदाँ घाइते भएका नौ जनामध्ये छ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । मृतकहरूको सनाखत हुन बाँकी छ ।

प्रवक्त बोगटीका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पु¥याइएको थियो । तीन जनाको भने सोही हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ