arrow

स्कार्पीयो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १९ शनिबार
accident-siraha.jpg

सिरहा । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नं १ स्थित हुलाकी सडकखण्डमा शनिबार भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा खोक्सी निवासी मोटरसाइकल चालक मो. नदिमको रहेकाे प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेको स्कार्पीयो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल दुई टुक्रा भएको थियो भने स्कार्पियो सडकमै उतानो परेको थियो ।

दुर्घटनामा संलग्न स्कार्पीयोको नम्बर बा प्र-०१-०२७ ब ००८२ र मोटरसाइकलको नम्बर स६प ८६१ रहेको छ ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान शुरू गरेको छ ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ