arrow

आफूहरूका भावनालाई कुल्चे सह्य नहुने जेन-जी युवाहरूको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १८ शुक्रबार
genz-youth-18-09.jpg

काठमाडौँ । जेन-जीका माग अलपत्रै छाडेर चुनावी रट घातक हुने जेन-जी युवाहरूले ठहर गरेका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले आफूहरूका भावनालाई कुल्चे सह्य नहुने चेतावनीसमेत दिएका छन् ।

जेन-जी वीरेन्द्र शाहीले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका मागहरूबारे सरकार बेखबरजस्तै बन्नु दुर्भाग्य भएको बताएका छन् ।

दिनदिनै नौजवान युवाहरू विदेशिनु, देशको आर्थिक अवस्था जरजर बन्नुको मुख्य कारक पूराना दलहरू भएको र उनीहरूको विकल्पमा नयाँ शक्ति खडा गर्नुपर्ने आवश्यकता रहेको बताए ।

युवाहरूले स्वदेशमै भविष्य खोज्ने अवस्था नभएको बताउँदै शाहीले भने, ‘किन हाम्रो श्रम विदेश जान्छ, किन हाम्रो मष्तिस्क स्वदेशमा थामिँदैन यस किसिमको गम्भीर प्रश्नको जवाफ कसले दिन्छ ?’

इन्द्र शाहले जेन-जीमाथि बरबर दमन गर्ने पुरानो सरकार प्रमुख खुलेआम हिँडेको भन्दै आक्रोश व्यक्त गरे ।

‘केपी ओली र रमेश लेखकहरू किन शानपूर्वक बोलिरहेका छन्, के हाम्रा साथीहरूको बलिदान यसैका लागि थियो’ शाहले प्रश्न गरे ।

प्रकाश सञ्ज्यालले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले जेन-जी मर्म र भावनालाई लत्याउँदै विदेशी योजनामा अघि बढेको आरोप लगाए ।

नयाँ भन्नेहरूले पनि जेन-जीको त्याग तपस्या र बलिदानको अवमूल्यन गरेको आरोप लगाए ।

सञ्ज्यालले नयाँ भनिएकाहरूले पनि सामाजिक सञ्जालमार्फत भाइरल भएकै भरमा तथा आफन्तलाई समानुपातिकमा सूचिमा राखेकोप्रति आपत्ति जनाए ।

कार्यक्रममा जेन-जीहरू निराजन सञ्ज्याल र अनिश श्रेष्ठले सहिद परिवार तथा घाइतेहरूको माग संबोधन गर्न आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ