भारतबाट ६ सय ५४ मेगावाट विद्युत आयात अनुमति नवीकरण
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १६ बुधबार
777
Shares
काठमाडौँ । भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स) को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ ।
भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत चौविसै घण्टा (अरटिसी) आयात गर्न अनुमति नवीकरण गरेको हो ।
यसअघि दिइएको अनुमतिको म्याद बुधबार सकिँदै थियो ।
नेपाल विद्युत प्राधिकरणले ढल्केवर-मुजफफ्पुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० सय टनकपुर-महेन्द्रनगरबाट ५४ मेगावाट गरी ६५४ मेगावाट विद्युत प्रतिस्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो ।
१७ पुसबाट १७ चैत (१ जनवरी-३१ मार्च २०२६) सम्म विद्युत आयातको अनुमति पाएको हो ।
१८ चैतबाट १५ भदौ (१ अप्रिल-३१ अगस्ट २०२६) सम्म्को नविकरण भने पछि गरिने प्राधिकरणले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मंगलबार विद्युत मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी आरटीसी मोडमा विद्युत आयात गर्न पाउने गरी अनुमति नवीकरण गरिदिन आग्रह गरेका थिए ।
उनले आरटीसी मोडमा विद्युत आयात गर्न अनुमति पाएकाले हिउँदयामको विद्युत माग र आपूर्तिको माग व्यवस्थापन गर्न सहज हुने बताए ।