काठमाडौँ । भारतका विभिन्न स्थानबाट सात जना नेपाली बालबालिकाको उद्धार गरिएको छ ।
नेपाली राजदूतावास, भारतीय प्रहरी र केन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नवीन जोशीको अगुवाइमा ती बालबालिकाहरुको उद्धार गरिएको हो ।
जोशीका अनुसार भारत विहारका विभिन्न क्षेत्रमा जोखिमयुक्त अवस्थामा रहेका उनीहरूलाई उद्धार गरी नेपाल ल्याउन लागिएको हो । विहारमा रहेका उनीहरू सबै मधेस प्रदेशका छन् ।
‘उनीहरूलाई हामी स्वदेश फिर्ती गराउन लागेका छौँ, सबै बालबालिकाहरू मधेस प्रदेशका छन् । परिवारसँगको पुनःमिलन गराउने कार्यक्रम राखिएको छ। यही बुधबार मधेस प्रदेश डीआइजी कार्यालयमा उनीहरूलाई परिवारसँग पुनःमिलन गराउनेछौँ,’ जोशीले भने ।
जोशीकै अगुवाइमा केही साता अघि भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवकको उद्धार गरिएको थियो ।