arrow

कांग्रेस र कम्युनिष्टले संघीयतालाई नाम मात्रको बनाए : उपेन्द्र यादव

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १५ मंगलबार
upendra-yadhav-01-26.jpg

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरू संघीयता समाप्त पार्ने खेलमा लागेको गम्भीर आरोप लगाएका छन्। सोमबार जनकपुरधाममा आयोजित विशाल जनप्रदर्शन तथा विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघीयता कार्यान्वयनमा मुख्य बाधक नै यिनै दुई शक्ति भएको दाबी गरे।

अध्यक्ष यादवले संघीयता आएको एक दशक बितिसक्दा पनि कांग्रेस र कम्युनिष्ट नेतृत्वको सरकारले प्रदेशलाई संवैधानिक अधिकारबाट वञ्चित राखेको बताए। प्रदेशमा मन्त्री र संरचना बनाइए पनि शान्ति सुरक्षाका लागि प्रहरी, प्रशासनिक काम गर्ने कर्मचारी र प्रमुख जिल्ला अधिकारी (सिडिओ) अझै केन्द्रकै अधिनमा राखिनुले संघीयता नाम मात्रको बनाइएको उनको तर्क थियो।

"कांग्रेस र कम्युनिष्टको मनमा खोट छ, उनीहरूले मिलेर संघीयतालाई कमजोर पार्दै देशलाई बर्बादीतर्फ धकेलिरहेका छन्," यादवले बताए। उनले वर्तमान मधेस प्रदेश आठ जिल्लामा मात्र सीमित हुनु नहुने भन्दै प्रदेशको पुनः सीमाङ्कन गर्नुपर्ने मागसमेत अघि सारे। मधेसी जनताको हक अधिकार सुनिश्चित गर्न र संघीयतालाई जोगाउन अबको चुनाव निर्णायक हुने भन्दै उनले अधिकारका लागि लड्ने सम्पूर्ण शक्तिहरूलाई एकजुट हुन आह्वान गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ