arrow

ताप्लेजुङमा ९० हजार तीन सय २७ मतदाता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
election-commision-09-13.jpg

ताप्लेजुङ । ताप्लेजुङमा कुल मतदाताको सङ्ख्या ९० हजार तीन सय २७ पुगेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले प्रकाशित गरेको अन्तिम मतदाता नामावली अनुसार ४८ हजार दुई सय ८५ पुरुष र ४२ हजार ४२ महिला मतदाता रहेका छन् ।

पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या छ हजार सय सय ४३ कम छ ।

पछिल्लो पटक जिल्लामा दुई हजार ४२ नयाँ मतदाता थपिएका हुन् । विसं २०७९ को निर्वाचनमा जिल्लामा ८८ हजार दुई सय ८५ मतदाता रहेका थिए ।

नौ स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी १८ हजार एक सय ९० मतदाता फुङलिङ नगरपालिकामा छन् ।

सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा छ हजार नौ सय ४८ मतदाता रहेका निर्वाचन कार्यालयका सूचना अधिकारी वान्दवराज दुलालले जानकारी दिए ।

यस्तै, सिरिजङ्गा गाउँपालिकामा ११ हजार छ सय ६४, पाथीभरा याङवरक गाउँपालिकामा नौ हजार सात सय ४१, आठराई त्रिवेणी गाउँपालिकामा नाौ हजार पाँच सय एक, फक्ताङलुङ गाउँपालिकामा नौ हजार तीन सय, सिदिङ्वा गाउँपालिकामा आठ हजार नौ सय १५, मेरिङदेन गाउँपालिकामा आठ हजार छ सय १२ र मैवाखोला गाउँपालिकामा सात हजार चार सय ५६ मतदाता छन् ।

आगामी निर्वाचनका लागि जिल्लाभर ८० मतदान स्थल र एक सय २७ मतदान केन्द्र तय गरिएका सूचना अधिकारी दुलालले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ