arrow

धोएको कपडा सुकाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
current-death.jpg

कञ्चनपुर । बेलौरी नगरपालिका–७ पौलाहमा आज बिहान करेन्ट लागेर २८ वर्षीया हरिना चौधरीको मृत्यु भएको छ।

आफ्नै घरमा धोएको कपडा सुकाउने क्रममा अचानक बिजुलीको नाङ्गो तार छुन पुग्दा उनलाई कडा झट्का लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएकी चौधरीलाई तत्काल उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी लगिएको थियो।

तर, स्वास्थ्य केन्द्र पुर्‍याएलगत्तै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ