arrow

सुनको भाउ घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको भाउ तोलामा छ सय घट्दा चाँदीको भने ६० रुपैयाँ बढेको छ । 

मूल्य घटेसँगै सोमबार छापावाला सुन प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

यसअघि आइतबार सुनको भाउ प्रतितोला दुई लाख ७० हजार छ सय रुपैयाँ पुगेको थियो । आइतबारको सुनको भाउ हालसम्मकै उच्च थियो । 

यता, आइतबार प्रतितोला चार हजार आठ सय ३५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बढेर सोमबार चार हजार आठ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । चाँदीको यो भाउ हालसम्मकै उच्च हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ