arrow

बाहियामा सडक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
accident-final.jpg

काठमाडौँ । ब्राजिलको उत्तरपूर्वी राज्य बाहियामा भएको गम्भीर सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

सङ्घीय राजमार्ग प्रहरीका अनुसार मृतकमध्ये दुई जना दुई र चार वर्षका बालबालिका रहेका छन् ।

दक्षिण बाहियाको मुकुरी नगर नजिकै रहेको सङ्घीय राजमार्गमा दुई सवारी साधन आपसमा आमनेसामने ठोक्किएका थिए । ठक्करपछि दुवै सवारी साधनमा आगलागी भएको जनाइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालकहरूमध्ये एकले गलत तरिकाले अगाडि बढ्ने प्रयास गर्दा दुर्घटना भएको अनुमान गरिएको छ ।

राजमार्ग सञ्चालन गर्ने कम्पनीले दिएको जानकारीअनुसार घटनास्थलमै १० जनाको ज्यान गएको थियो भने एक जनाको उपचारका क्रममा स्वास्थ्य संस्थामा मृत्यु भएको हो ।

हालसम्म मृतकहरूको नाम सार्वजनिक गरिएको छैन । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ