अत्यधिक जाडो भएपछि रौतहटका सबै स्थानीय तहले दिए विद्यालयमा बिदा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
794
Shares
महोत्तरी । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोषणा गरेका छन् ।
निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्रभावित हुन थालेपछि महोत्तरीका १५ ओटै स्थानीय तहले विद्यालय बिदा दिने निर्णय गरेका हुन् ।
स्थानीय तहले बर्खे बिदाबाट कटौती हुनेगरी हाललाई दुईदेखि तीन दिन बिदाको घोषणा गरेका छन् ।
स्थानीय तहले विज्ञप्ति जारी गर्दै विद्यालयमा अध्ययनरत बालबालिका अत्यधिक जाडोका कारण प्रभावित हुन थालेको जनाउँदै नगरभित्रका विद्यालयमा पठनपाठन बन्द गराएका छन् ।
तराई-मधेसमा विगत केही दिनदेखि शीतलहर र चिसो हावा चल्न थालेको छ ।
अत्यधिक जाडोका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । रासस