सबै दल निर्वाचनमा जान तयार रहेको मन्त्री खरेलको दाबी
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १२ शनिबार
715
Shares
काठमाडौँ । फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दल तयार भएका छन् ।
शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताले निर्वाचनमा जाने प्रतिबद्धता जनाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
उनले भने, ‘प्रधानमन्त्री सुशीला कार्कीज्यूले बोलाउनुभएको उच्च स्तरीय वार्तामा चुनाव केन्द्रित विषयमा छलफल भयो । बैठकले चुनावमा जाने सहमति तीन ठूला दलका शीर्ष नेताहरू र प्रधानमन्त्रीबीच कायम भएको छ । अब चुनावमा सहभागी हुने कुरा प्रमुख र अन्य राजनीतिक दलबीच पनि सहमति भएको जानकारी यहाँहरूलाई गराउँछु ।’
शनिबार प्रधानमन्त्री कार्कीले बालुवाटारमा बोलाएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संस्थापक पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी थिए ।