arrow

फागुन २१ को निर्वाचन

घोषित मितिमै निर्वाचन हुन्छ, अब शङ्का गर्ने ठाउँ छैन : आयोग [भिडियो]

कार्यवाहक प्रमुख आयुक्तको आग्रह: 'चुनाव बिथोल्ने तत्व चिन्नुहोस्, हामीलाई खबर गर्नुहोस्'

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ११ शुक्रबार
ramprasadss.jpg

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचन तोकिएकै मितिमा हुनेमा कुनै शङ्का नरहेको स्पष्ट पारेका छन्। शुक्रबार निर्वाचन आयोगमा 'मिडिया सेन्टर' को उद्घाटन गर्दै उनले आयोग निर्वाचनको बाटोमा धेरै अगाडि बढिसकेको र अब पछि फर्कने अवस्था नरहेको बताए।

निर्वाचन बिथोल्ने तत्वप्रति सतर्कता आयोगको तयारीबारे जानकारी दिँदै भण्डारीले अब 'निर्वाचन हुन्छ कि हुँदैन?' भन्ने बहसको समय सकिएको उल्लेख गरे। उनले निर्वाचनको वातावरण बिथोल्न खोज्ने तत्वहरूप्रति सञ्चारमाध्यमलाई सतर्क रहन र त्यस्ता गतिविधि देखिए आयोगलाई जानकारी गराउन आग्रह गरे। "निर्वाचनको विकल्प निर्वाचनबाहेक अरू केही हुन सक्दैन," उनले भने, "मुलुकले अब थप आन्दोलन धान्न सक्दैन, त्यसैले सबैलाई सक्रिय सहभागी गराई सक्षम व्यक्तिहरूलाई संसद्‌मा पठाउनु हाम्रो साझा दायित्व हो।"

संविधानको रक्षा र सुशासन अन्तरिम सरकार गठनका समयमा राष्ट्रपतिले समेत संविधान बमोजिम निर्वाचन गरिनुपर्ने र सुशासनका लागि निर्वाचन नै एक मात्र विकल्प भएको कुरा राखेको स्मरण गराउँदै भण्डारीले सोही मर्म अनुसार आयोग अघि बढेको बताए। उनले राजनीतिक दलहरूलाई पनि निर्वाचनप्रति जिम्मेवार बन्न र स्वच्छ प्रतिस्पर्धामा उत्रन आग्रह गरे।

मिडिया सेन्टरको भूमिका आयोगले आजैदेखि सञ्चालनमा ल्याएको मिडिया सेन्टरले निर्वाचनका गतिविधिबारे आधिकारिक सूचना प्रवाह गर्नेछ। यसका साथै आयोगले सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचना नियन्त्रण गर्न 'सूचना सदाचार प्रवर्द्धन केन्द्र' समेत स्थापना गरेको छ।

प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले अहिले समानुपातिकतर्फको बन्दसूची पेस गर्ने लगायतका प्रक्रियागत कामहरूलाई तीव्र गतिमा अगाडि बढाइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ