arrow

आयोगमा 'मिडिया सेन्टर' शुरु: निर्वाचनका हरेक गतिविधि अब एकै ठाउँबाट सार्वजनिक हुने

डिजिटल हल्ला रोक्न आयोगको 'सूचना सदाचार केन्द्र': फेक न्यूज पहिचान गरी आधिकारिक जानकारी दिइने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ११ शुक्रबार
media-center-election-commision.jpg

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनसम्बन्धी गतिविधिबारे आधिकारिक जानकारी दिन 'मिडिया सेन्टर' सञ्चालनमा ल्याएको छ। शुक्रबार आयोग परिसरमै कार्यालय स्थापना गरी सञ्चारमाध्यमहरूसँगको समन्वय र सूचना प्रवाहलाई सहज बनाउन यसको शुरुवात गरिएको हो।

मिडिया सेन्टरको भूमिका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पत्रकार सम्मेलनमार्फत मिडिया सेन्टरले निर्वाचनका गतिविधिबारे सत्यतथ्य जानकारी दिने, पत्रकार सम्मेलनहरू आयोजना गर्ने र सञ्चारकर्मीहरूलाई आवश्यक आधिकारिक सूचना उपलब्ध गराउने बताए। उनले एकीकृत रूपमा सूचना प्रवाह गर्न यो सेन्टरले सेतुको काम गर्ने स्पष्ट पारे।

भ्रामक सूचना रोक्न 'सूचना सदाचार केन्द्र' पछिल्लो समय सामाजिक सञ्जालमार्फत फैलिने अपुष्ट र भ्रामक सूचनालाई मध्यनजर गर्दै आयोगले यसपटक 'सूचना सदाचार प्रवर्द्धन केन्द्र' समेत स्थापना गरेको छ। "अहिले सूचनाको स्रोत धेरै छ र सामाजिक सञ्जालको सेन्सर गर्ने निकाय नहुँदा व्यक्तिगत विचारहरू सिधै अडियन्ससम्म पुग्छन्," प्रवक्ता भट्टराईले भने, "त्यस्ता सूचनाको सत्यतथ्य पहिचान गर्न र सही सूचना प्रवाह सुनिश्चित गर्न यो केन्द्रले विशेष गरी सामाजिक सञ्जाल (सोसल मिडिया) सँग केन्द्रित रहेर काम गर्नेछ।"

आयोगले यसपटक सूचनाको शुद्धताका लागि सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूसँग समेत सहकार्य गर्ने लक्ष्य लिएको छ।

निर्वाचन तयारी तीव्र निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनका लागि आवश्यक सबै तयारी तीव्र गतिमा भइरहेको जनाएको छ। निर्वाचनको वातावरण बनाउन आयोगले सरकार, राजनीतिक दल र सुरक्षा निकायहरूसँग निरन्तर संवाद गरिरहेको समेत जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ