arrow

अविनाको हत्या भएको तीन साता: दोषी अझै फरार, पीडित परिवार न्यायको पर्खाइमा

दोषी नपक्रिँदा सिरहामा आक्रोश: अविनाका आमा भन्छिन्– 'हामी गरिबको आवाज कसले सुन्ने?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १० बिहिबार
nepal-police12.jpg

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टियाकी १७ वर्षीया अविना दनुवारको हत्या भएको तीन साता बितिसक्दा पनि प्रहरीले दोषी पहिचान गर्न नसकेपछि स्थानीयमा आक्रोश बढेको छ। गत मङ्सिर २२ गते बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माध्यमिक विद्यालय नजिकैको झाडीमा अविनाको शव फेला परेको थियो।

मृतककी आमा दयावती दनुवारले छोरी गुमाएको पीडाका बीच दोषी पक्राउ नपर्दा आफूहरू झन् ठूलो अन्यायमा परेको गुनासो गरेकी छन्। पहुँच नभएका कारण आफ्नो आवाज कसैले नसुनेको उनको दुखेसो छ। अर्धनग्न अवस्थामा शव भेटिएकाले स्थानीयले बलात्कारपछि हत्या गरिएको आशङ्का गरेका छन्। यस विषयमा कर्जन्हा–१ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेलले प्रहरीको सुस्त अनुसन्धानप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले भने घटनाको गम्भीरतालाई ध्यानमा राखी सूक्ष्म अनुसन्धान भइरहेको दाबी गरेका छन्। उनले प्रमाणका आधारमा अभियुक्तसम्म पुग्ने प्रयास भइरहेको बताए पनि हालसम्म कुनै ठोस उपलब्धि हात लागेको छैन। दोषी पक्राउको माग गर्दै स्थानीयले दबाबमूलक आन्दोलन समेत जारी राखेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ