arrow

डलर बलियो हुँदा सुनचाँदीको मूल्यमा दैनिक रेकर्ड, चार दिनमै सुन १० हजारले महँगो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ९ बुधबार
gold-jewalary.jpg

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यले दिनहुँ नयाँ रेकर्ड कायम गर्दै आम उपभोक्ता र लगानीकर्तालाई अचम्मित तुल्याएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ, जुन नेपाली सुन बजारको इतिहासमै हालसम्मकै उच्च विन्दु हो। 

गत आइतबार प्रतितोला २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य चार दिनको छोटो अवधिमै करिब १० हजार रुपैयाँको भारी वृद्धि भएको देखिन्छ। मङ्गलबार २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बुधबार थप ९ सय रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो।

सुनसँगै चाँदीको मूल्यमा पनि आज ठुलो उछाल आएको छ। मङ्गलबार प्रतितोला ४ हजार २५५ रुपैयाँमा किनबेच भएको चाँदी आज १६५ रुपैयाँले बढेर ४ हजार ४२० रुपैयाँ पुगेको छ र यो मूल्य पनि चाँदीका लागि हालसम्मकै ऐतिहासिक रेकर्ड हो। 

विश्लेषकहरूका अनुसार अमेरिकी डलरको विनिमय दरमा भएको लगातारको मजबुतीले नेपाली बजारमा सुनचाँदीलाई महँगो बनाएको हो। अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन ४ हजार ५२५ र चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ। 

डलर बलियो हुँदा आयात महँगो हुने र अन्तर्राष्ट्रिय बजारमै माग बढेकाले त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा परेको विश्लेषकहरूको ठहर छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ