arrow

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ८ मंगलबार
accident-final.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिका-३२ स्थित सडकमा बा८९प ६३६५ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जना अन्दाजी ६० वर्षीय पैदल यात्रीको उपचारका क्रममा मृत्यु भएको छ ।

उक्त मोटरसाइकिलको ठक्करबाट हाल नाम, थर र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरूष गएराति गम्भीर घाइते भएका र उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

प्रहरीले ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ