सुनको भाउमा उछाल, एकैदिन पाँच हजार पाँच सय रुपैयाँ बढ्यो
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ८ मंगलबार
760
Shares
काठमाडौँ । नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला दुई लाख ६७ हजार दुई सय रुपैयाँ पुगेको छ । यो मूल्य इतिहासकै सर्वाधिक हो ।
सोमबार प्रतितोला दुई लाख ६१ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामै पाँच हजार पाँच सय रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ ।
सोमबार प्रतितोला चार हजार दुई सय ३५ रुपैयाँमा कारोबार भएको असली चाँदी मंगलबार तोलामा २० रुपैयाँ बढेर चार हजार दुई सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।