arrow

माइतीघरमा 'जेन-जी' को विरोध प्रदर्शन: केही अभियन्ता पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ७ सोमबार
genz-pradarsan-pakrau.jpg

काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा सोमबार बिहान जेन–जी आन्दोलनका अभियन्ता मिराज ढुङ्गानाको नेतृत्वमा सरकार विरोधी प्रदर्शन भएको छ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले युवा पुस्ताको भावना र आन्दोलनको वास्तविक मर्मलाई आत्मसात गर्न नसकेको ठहर गर्दै उक्त समूहले १० बुँदे मागसहित सडकमा उपस्थिति जनाएको हो।

प्रदर्शनलाई मध्यनजर गर्दै माइतीघर क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको र ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको भए पनि निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोज्दा केही युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अभियन्ता ढुङ्गानाले आइतबार नै आन्दोलनको घोषणा गर्दै सरकारले आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दाहरू बिनासर्त खारेज गर्नुपर्ने, भ्रष्टाचार निर्मूल पार्न शक्तिशाली आयोग गठन गर्नुपर्ने र वर्तमान सङ्कटको समाधानका लागि सर्वपक्षीय सरकार बनाउनुपर्ने जस्ता मागहरू अघि सारेका छन्।

जेन–जी समूहले सरकारले आफूहरूको आन्दोलनलाई धोका दिएको भन्दै अब यसलाई देशव्यापी रूपमा विस्तार गर्ने चेतावनी दिएको छ।

यसअघि पनि सिंहदरबार अगाडि प्रदर्शन गर्दा यो समूह र प्रहरीबीच झडप भएको थियो भने सरकारले भने सुरक्षा सतर्कता बढाएर प्रदर्शनलाई नियन्त्रणमा राख्ने प्रयास गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ