arrow

नबिल बैङ्कलाई युरोमनी ट्रान्ज्याक्सन बैङ्किङ अवार्डको ‘नेपालको वेस्ट ट्रान्ज्याक्सन बैङ्क’द्वारा सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ६ आइतबार
nabil-bank-logo-dec-2025.jpg

काठमाडौँ। नबिल बैङ्कले युरोमनी ट्रान्ज्याक्सन बैङ्किङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘वेस्ट ट्रान्ज्याक्सन बैङ्क अवार्ड’ प्राप्त गरेको छ। बैङ्कले ट्रान्ज्याक्सन बैङ्किङ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री र ग्राहक केन्द्रित सेवा प्रवाह गरेको उल्लेख गर्दै उक्त अवार्ड प्रदान गरिएको हो।

बैङ्कले व्यक्तिगत, संस्थागत, एसएमई ग्राहकका लागि उपलब्ध गराएको प्रभावकारी ट्रान्ज्याक्सन बैङ्किङका डिजिटल भुक्तानी सेवा तथा सुविधाका लागि उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ । बैङ्कले प्रविधिको अधिकतम उपयोग गर्दै सेवाहरूलाई सरल, सुरक्षित र छरितो बनाउँदै आएको र यसले ग्राहकका दैनिकी व्यवसाय सञ्चालनलाई सहज बनाएको छ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले युरोमनी ट्रान्ज्याक्सन बैङ्किङ अवार्ड, २०२५ अन्तर्गत नेपालको सर्वोत्कृष्ट ट्रान्ज्याक्सन बैङ्कका रूपमा नबिल बैङ्क सम्मानित हुनु गर्वको विषय भएको बताए। “यो सम्मान हाम्रो निरन्तर मेहनत, नवप्रवर्तनप्रतिको प्रतिबद्धता र ग्राहकहरूको विश्वासको परिणाम हो। हामी हाम्रा सबै ग्राहक तथा कर्मचारीलाई लागि हार्दिक आभार व्यक्त गर्दछौँ”, सिइओ ज्ञवालीले भने।

विश्वभर बैङ्किङ तथा वित्तीय क्षेत्रको मूल्याङ्कन गर्ने युरोमनी अवार्डलाई विश्वसनीय र सम्मानित अवार्डका रूपमा लिइन्छ। यस अवार्डमार्फत सेवा उत्कृष्टता, नवप्रवर्तन, रणनीतिक स्पष्टता र ग्राहक अनुभवमा अग्रणी संस्थाहरूलाई सम्मान गरिन्छ।

सन् १९९२ मा स्थापना गरिएको यो अवार्ड विश्व बैङ्किङ क्षेत्रमा सुरु गरिएको पहिलो अवार्ड हो। जसले, बैङ्कको गुणस्तरीय सेवा, सृजनात्मकता र ग्राहकप्रतिको विशेषज्ञतालाई सम्मानित गर्दछ। यो अवार्ड विश्वका १०० वटा देशमा सञ्चालन हुँदै आएको छ।

नबिल बैङ्क नेपालको एक अग्रणी बैङ्क हो। नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। विगत चार दशकदेखि नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाका रूपमा काम गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ