arrow

चीनले पठाएको उपग्रह अन्तरिक्षमा पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ६ आइतबार
china-rocket-launch-program.jpg

काठमाडौँ। चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।

उक्त उपग्रहलाई बेइजिङ समयअनुसार साँझ ८ः३० बजे लङ मार्च-५ वाहक रकेटमार्फत प्रक्षेपण गरिएको हो । प्रक्षेपणपछि उपग्रहले निर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेको जनाइएको छ ।

यो उपग्रह मुख्यतः बहु-ब्यान्ड तथा उच्च-गति सञ्चार प्रविधि सम्बन्धी परीक्षण र प्रमाणीकरण कार्यका लागि प्रयोग गरिनेछ ।

यस प्रक्षेपणसँगै लङ मार्च वाहक रकेट श्रृंखलाले आफ्नो ६१८औँ मिशन पूरा गरेको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ