arrow

सुनको भाउ सामान्य घट्दा चाँदीको ह्वात्तै बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ६ आइतबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार पनि सुनको भाउ घट्दा चाँदीको ह्वात्तै बढेको छ ।

गत साताको शुक्रबारको तुलनामा आइतबाट सुनको भाउ तोलामा सय रुपैयाँ घट्दा चाँदीको सय रुपैयाँ नै बढेको छ । 

मूल्य घटेसँगै आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ५८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि गत शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख ५८ हजार चार सय रुपैयाँ रहेको थियो । सुनको भाउ हालसम्मकै उच्च मंसिर २९ मा प्रतितोला दुई लाख ६० हजार सात सय रुपैयाँ पुगेको थियो । 

यता, गत शुक्रबार प्रतितोला चार हजार पाँच रुपैयाँमा कारोबार भएको असली चाँदी आइतबार बढेर चार हजार एक सय पाँच रुपैयाँ पुगेको महासंघले जनाएको । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ