arrow

योग, ध्यान र आयुर्वेदका लागि छुट्टै मन्त्रालय बनाउन स्वामी आनन्द अरुणको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ६ आइतबार
swami-arun.jpg

काठमाडौँ | देशभर विभिन्न कार्यक्रम गरी 'विश्व ध्यान दिवस' मनाइएको छ। हरेक वर्ष डिसेम्बर २१ लाई ध्यान दिवसका रूपमा मनाउने गरिएअनुसार शनिबार काठमाडौँको टुँडिखेलमा सामूहिक योग र ध्यान गरी यो दिवस मनाइयो।

सो अवसरमा बोल्दै ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरुणले नेपालमा योग, ध्यान र आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय स्थापना गर्न सरकारसँग माग गरे। उनले ओशो तपोवनमा अहिले पनि ६० भन्दा बढी देशका मानिसहरू ध्यानका लागि आउने गरेको जानकारी दिँदै विकसित देशहरूमा ध्यानको महत्व झनै बढ्दै गएको बताए।

स्वामी आनन्द अरुणले नेपाल सरकारले योग र ध्यानको विकासका लागि कुनै सहयोग नगरेको गुनासो गरे। उनले आयुर्वेदको संवर्द्धन र ध्यान साधकहरूका लागि एक 'अभिभावक मन्त्रालय' आवश्यक रहेको उल्लेख गर्दै भने, "धार्मिक संस्थाको पैसामा कर लगाउनु हुँदैन। मुठी दानमा समेत १५ प्रतिशत कर लाग्नु दुःखद कुरा हो, यसबारे सरकारले पुनर्विचार गरोस्।"

नेपाललाई विश्वकै ध्यान केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना भए पनि सरकारी स्तरबाट पर्याप्त पहल नभएको उनको भनाइ थियो। कार्यक्रममा सहभागी सयौँ साधकहरूले सामूहिक ध्यान गर्दै आन्तरिक शान्ति र सकारात्मकताको सन्देश दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ