ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक गम्भीर
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ६ आइतबार
691
Shares
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-१० स्थित बाल्चनपुरमा शनिबार साँझ ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
चपुर-गौर सडकखण्डअन्तर्गत डुमरियाबाट २ किमी दक्षिणतर्फ शनिबार साँझ ७ः३० बजे दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
गरुडाबाट बाल्चनपुरतर्फ आउँदै गरेको ट्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश २-०३-०१३प३०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकल चालक गढीमाई नगरपालिका-४ सुन्दरपुर निवासी ५० वर्षीय प्रमोद साह कानुको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ।
मोटरसाइकल चालक साहको उपचारका क्रममा सरकारी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश थापाले जानकारी दिए ।
उनका अनुसार सोही मोटरसाइकलमा सवार ६५ वर्षीय जोगेन्द्र हजरा पासवानको टाउकोमा गम्भीर चोट लागेकाले न्यूरो अस्पताल वीरगञ्ज रिफर गरिएको छ ।
घटनामा संलग्न दुईटा ट्याक्टर नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।