arrow

इरानी जेलमा रहेका बेलायती दम्पतीको मुद्दामा दुई देशबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ६ आइतबार
iran-flag-new.jpg

काठमाडौँ | इरान र बेलायतका विदेशमन्त्रीबीच शुक्रबार भएको टेलिफोन वार्तामा इरानी जेलमा रहेका बेलायती दम्पतीको विषयले प्राथमिकता पाएको छ। इरानी विदेशमन्त्री अब्बास अराघची र बेलायती समकक्षी यवेटे कुपरबीचको संवादमा द्विपक्षीय सम्बन्ध र आणविक मुद्दाका साथै बन्दी रिहाइको विषयमा चर्चा भएको हो।

लन्डनस्थित सरकारी स्रोतका अनुसार विदेशमन्त्री कुपरले जासुसीको आरोपमा विगत एक वर्षदेखि इरानमा हिरासतमा रहेका लिन्डसे र क्रेग फोरम्यानको मुद्दालाई विशेष जोडका साथ उठाएका छन्। सन् २०२४ को जनवरीमा विश्व भ्रमणको क्रममा मोटरसाइकलमा इरान पुगेका ५० वर्षीय यी दम्पतीलाई 'पर्यटकको भेषमा जासुसी गरेको' आरोपमा केरमानबाट पक्राउ गरिएको थियो।

इरानले उनीहरूमाथि विदेशी गुप्तचर सेवाका लागि सूचना सङ्कलन गरेको दाबी गरे पनि दम्पतीका परिवार र बेलायत सरकारले यसलाई निराधार बताउँदै आएका छन्। वार्तामा विदेशमन्त्री कुपरले मानवीय आधारमा उनीहरूको रिहाइ र आणविक कार्यक्रमको कूटनीतिक समाधानमा जोड दिएका थिए।

यता, इरानी विदेश मन्त्रालयले जारी गरेको आधिकारिक विज्ञप्तिमा भने दम्पतीको मुद्दवाबारे केही उल्लेख गरिएको छैन। बरु, इरानी विदेशमन्त्री अराघचीले आणविक मुद्दामा बेलायत, फ्रान्स र जर्मनीको दृष्टिकोण 'गैरजिम्मेवारपूर्ण' रहेको भन्दै आलोचना गरेका छन्। संयुक्त राष्ट्रसङ्घले इरानमाथि पुनः प्रतिबन्धहरू ब्युँताएपछि दुई पक्षबीचको कूटनीतिक दूरी झनै बढेको देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ