arrow

ट्रक र अल्टो ठोक्किँदा चार घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ५ शनिबार
accident-final.jpg
तस्बिर : फाइल

दशरथचन्द । बैतडीमा मिनी ट्रक र अल्टो एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ हिरापुर नजिकै आज बिहान १० बजेतिर सुपप्र ०१००१ ख ३११९ नम्बरको मिनी ट्रक र बा ८ च ९०५२ नम्बरको अल्टो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । 

दुर्घटनामा परेर बझाङको खप्तडछान्ना गाउँपालिका–२ घर भएका ४२ वर्षीय देवेन्द्र थापा, सोही ठाउँकी ४० वर्षीया गीताकुमारी खड्का, सोही ठाउँकी ३७ वर्षीया दिपेश्वरी हमाल र कञ्चनपुरको बेदकोटका ३८ वर्षीय केशवराज जोशी घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

दुवै सवारीसाधन बैतडीको पाटनबाट धनगढीतर्फ जाँदै गरेको जनाइएको छ । घुम्तीा ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरी निरीक्षक सिंहले बताए । 

घाइतेको अवस्था सामान्य रहेको र चारै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना हुँदा अल्टो सडकबाट करिब ५ मिटर तल खसेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ