arrow

जेन–जी आन्दोलनको एकसय दिनः उपलब्धि र भावी रणनीति

प्रधानमन्त्री कार्कीलाई जेन–जीको चुनौती: "काम गर्न नसक्ने भए तीर्थ यात्रामा जानुहोस्"

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
kisori-karkis.jpg

काठमाडौँ | जेन–जी आन्दोलनकी प्रतिनिधि किशोरी कार्कीले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेकी छन्। बिहीबार काठमाडौँमा आयोजित ‘जेन–जी आन्दोलनको एकसय दिनः उपलब्धि र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो माग राखेकी हुन्।

आन्दोलनकारीका मागहरू सम्बोधन गर्न र शहीद परिवारलाई उचित क्षतिपूर्ति दिन सरकार असफल भएको आरोप लगाउँदै किशोरीले प्रधानमन्त्रीलाई पद छोड्न आग्रह गरिन्। "तपाईंसँग जेन–जीका माग पूरा गर्ने र शहीद परिवारलाई न्याय दिने क्षमता छैन भने पद ओगटेर नबस्नुहोस्," उनले भनिन्, "बुढेसकालमा काम गर्न कठिन हुन्छ भने मार्ग प्रशस्त गरेर तीर्थ यात्रामा निस्कनुहोस्।"

देशसँग जोस, जाँगर र भिजन भएका शिक्षित युवाहरूको कमी नरहेको उल्लेख गर्दै उनले अबको नेतृत्व युवा पुस्ताले सम्हाल्नुपर्ने धारणा राखिन्। उनले २१ फागुनमा हुने भनिएको निर्वाचनलाई लक्षित गर्दै शहीद र घाइते परिवारलाई पनि सही नेतृत्वको पक्षमा उभिन अपिल गरिन्। उनले सरकारले काठमाडौँ केन्द्रित केही आन्दोलनकारीसँग मात्र सम्झौता गरेर गाउँ–गाउँमा रहेका जेन–जी युवाहरूको भावनालाई उपेक्षा गरेको दाबी समेत गरिन्।

प्रधानमन्त्री कार्कीलाई चेतावनी दिँदै उनले भनिन्, "घाइते र शहीद परिवारको रगतमाथि खेलबाड नगर्नुहोस्। भोलिको दिनमा इतिहासको आरोप झेल्नुभन्दा सक्षम युवाहरूलाई अगाडि बढाउनु नै बुद्धिमानी हुन्छ।" साथै, उनले जेन–जी आन्दोलनलाई भावनात्मक रूपमा लिई नाता–साइनो गाँसेर राजनीति नगर्न समेत प्रधानमन्त्रीलाई कडा चेतावनी दिइन्।

जेन–जी आन्दोलनले एक सय दिन पूरा गरेको सन्दर्भमा आयोजित यस कार्यक्रममा सहभागी अन्य युवाहरूले पनि वर्तमान अन्तरिम सरकारले आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ