arrow

तोलामा सात सय बढ्यो सुनको भाउ, चाँदीको हालसम्मकै उच्च

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३ बिहिबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको भाउ बढेको छ । बुधबारको तुलनामा सुनको भाउ तोलामा सात सय र चाँदीको २५ रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

मूल्य बढेसँगै बिहीबार छापावाला सुन प्रतितोला दुई लाख ६० हजार चार सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसअघि बुधबार सुनको भाउ प्रतितोला दुई लाख ५९ हजार सात सय रुपैयाँ रहेको थियो ।

सुनको भाउ हालसम्मै उच्च गत सोमबार प्रतितोला दुई लाख ६० हजार सात सय रुपैयाँ पुगेको थियो ।

यता, बुधबार प्रतितोला चार हजार ५५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बिहीबार बढेर चार हजार ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ