arrow

अशोक बने लाङटाङ सदभावना दुत

logo
प्रकाशित २०७२ पुष ९ बिहिबार
2.JPG.jpeg
काठमाडौं । लेखक तथा पत्रकार अशोक सिलवाल लाङटाङ सदभावना दुतको उपाधिसहित सम्मानित भएका छन् । समग्र लाङटाङबासीको तर्फबाट लाङटाङ मेनेजमेन्ट एन्ड रिक्न्स्ट्रक्सन कमिटीले सिलवाललाई मंगलबार राजधानीमा लाङटाङ सदभावना दुत उपाधिले सम्मान गरेको हो । राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपाल (नीट नेपाल)को आयोजनामा भएको सिलवाल निर्देशित ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकको अंग्रेजी वृत्तचित्रको पहिलो प्रदर्शनी कार्यक्रममा लाङटाङ मेनेजमेन्ट एन्ड रिक्न्स्ट्रक्सन कमिटीले सिलवाललाई सो सम्मान गरेको हो ।     

वैशाख १२ को विनाशकारी भुकम्प र हिमपहिरोपछि मानवविहिन बनेको लाङटाङ क्षेत्रमा पहिलो पत्रकारका रुपमा पैदल यात्रा गरी देखेभोगेका कहालीलाग्दो अवस्था र मृत्युपछि पनि जीवनको उज्यालोतिर लम्कदै गरेका लाङटाङबासीको भावनालाई समेटेर यसअघि पत्रकार सिलवालले ‘घर फर्किरहेका मान्छे’ शीर्षकको वृत्तचित्र तयार गरेका थिए । टुर÷टे«किङ गाइड समेत रहेका सिलवाल निर्देशित अघिल्लो वृतचित्रले भुकम्पले विस्थापित स्थानीयबासीको गाउँ फर्कदै गरेको कथालाई विषय बनाएको थियो भने पछिल्लो वृतचित्रले भुकम्पपछि लाङटाङमा गएको पहिलो विदेशी पदयात्रीहरुको समुहको अनुभवलाई समेटेको छ । 

‘लाङटाङ विश्वकै प्रसिद्ध हिमाली पर्यटकीय गन्तव्य हो । भुकम्पले बगाएको गाउँमा फेरि जीवन सुरु हुन स्थानीयको पुनस्थापनाले मात्र सम्भव छैन, पर्यटकीय गतिविधीले मात्र त्यहाँको प्राण भर्न सक्छ’, लाङटाङ सद्भावना दुत सिलवालले भने, ‘वेकिङ एन्ड वाकिङ विदेशीको आँखा र अनुभवबाट लाङटाङ देखाउने प्रयास हो ।’

यसअघि सिलवाललाई ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान)ले भुकम्पपछि पहिलो पटक लाङटाङ क्षेत्रको स्थलगत अध्ययन र विश्लेषण गरी सो क्षेत्रको स्थितिलाई प्रकाशमा ल्याउन महत्वपूर्ण योगदान पु¥याएको भनेर विशेष सम्मान गरेको थियो । लाङटाङ सदभावना दुतको सम्मानपछि भुकम्प र हिमपहिरोले सबैभन्दा बढी दुखाएको हिमाली क्षेत्र लाङटाङ र लाङटाङबासीप्रति आफ्नो कर्तव्य थपिएको र त्यसका लागि थप सक्रिय हुने सिलवालले प्रतिबद्धता जनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ