arrow

महाधिवेशनको प्रतिष्पर्धाले एमाले फुट्दैन, नेताहरूको मन मिलाउँछ: पृथ्वीसुब्बा गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
prithivisubba-gurung-15-08.jpg

काठमाडौँ । नेकपा (एमाले) का निःवर्तमान उपमहासचिव पृथ्वीसुब्बा गुरुङले महाधिवेशनमा हुने प्रतिष्पर्धालाई लिएर पार्टी नफुट्ने दाबी गरेका छन्।

सोमबार भृकुटीमण्डपमा जारी पार्टी महाधिवेशनको बन्दसत्र स्थलमा पार्टीको संस्थापन पक्षबाट उपाध्यक्षको उम्मेदवारी दिने तयारी गरिरहनुभएका गुरुङले एमाले प्रतिष्पर्धामा विश्वास गर्ने पार्टी भएकाले पराजित भएकाहरूले पार्टी छोड्ने काम नगर्ने जिकिर गरे।

निःवर्तमान उपमहासचिव गुरुङले पार्टीलाई अझ सशक्त र सुदृढ बनाउनका लागि नेतृत्व चयन प्रतिष्पर्धाको आधारमा गर्ने निर्णय गरिएको स्पष्ट पारे।

उनले भने, “यो फुट्नका लागि गरिएको होमवर्क होइन। यो त पार्टीलाई अझ सशक्त, अझ सुदृढ बनाउनका लागि यो गरिएको होमवर्क हो। को सक्षम नेता हो, कार्यकर्ताले मन पराएको नेता हो? उनीहरूले विश्वास गरेको नेता को हो? भन्ने कुराको कसी लगाउने थलो महाधिवेशन हो।”

गुरुङले प्रतिष्पर्धाबाट बाहिर निस्कँदा जो विजयी भएर आउँछ, उसले पार्टीलाई सुदृढ ढङ्गले चलाउने बताए। साथै, उनले निर्वाचनमा पराजित हुनेहरूको भावनाको कदर गर्दै पार्टी अघि बढ्ने स्पष्ट पारे।

उनले भने, “बाँकि जो पराजित हुन्छन्, पराजित भएकाले पार्टी छोड्नुपर्छ भन्ने हामी मानसिकता राख्दैनौँ। त्यसकारण उनीहरूको पनि भावना र विचारको सम्मान गर्दै हामी आफैँभित्रको सत्तापक्ष र प्रतिपक्षको भावना नराखि सबै मिलेर अघि बढ्छौँ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ