काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ।
दुबईमा नेपाल र बङ्गलादेशको खेल बिहान १०:४५ बजे सुरु हुँदैछ। यसअघि शनिबार दुबईको द सेभेन्स रङ्गशालामा भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो। समूह ‘बी’ मा रहेको नेपाललाई आजको खेल जित्नैपर्ने दबाब रहेको छ।
मङ्सिर २६ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपालसहित बङ्गलादेश, श्रीलंका, अफगानिस्तान, भारत, पाकिस्तान, युएई र मलेसिया सहभागी छन्।