arrow

ऐतिहासिक रेकर्डमा सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २८ आइतबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा दुई हजार दुई सय रुपैयाँले बढेको हो । 

सुन यसअघि गत असोज ३१ मा दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि घटेको सुनको भाउ पछिल्ला दिनमा बढ्दै आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

यसअघि गत शुक्रबार सुन प्रतितोला दुई लाख ५६ हजार छ सय रुपैयाँका कारोबार भएको थियो ।

यता, आइतबार असली चाँदीको भाउ भने घटेको छ ।

मूल्य घटेसँगै आइतबार प्रतितोला तीन हजार आठ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदी यसअघि गत शुक्रबार प्रतितोला तीन हजार नौ सय पाँच रुपैयाँ पुगेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ