बेलबारी । हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक राजिव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा जङ्गली हात्तीको आक्रमणमा परेका थिए ।
आज बिहान करिब ६ः३० बजे बिराटचोकस्थित बस्तीको बीचमै हात्तीले घिमिरेलाई आक्रमण गरेको थियो ।