arrow

बेलायतको अर्थ वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २६ शुक्रबार
london-flag.jpg

काठमाडौँ। बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल्लेखनीय गति थप्ने अपेक्षा नगरेको जनाइएको छ ।

बीसीसीका पूर्वानुमानअनुसार, सन् २०२६ मा बेलायतको कुल राष्ट्रिय उत्पादन (जीडीपी) १दशमलव२ प्रतिशतले वृद्धि हुने देखिएको छ, जुन सन् २०२५ को १दशमलव४ प्रतिशत वृद्धिदरभन्दा कम हो ।

व्यवसायिक लगानी पनि कमजोर रहने अनुमान गरिएको छ, २०२५ मा तीन प्रतिशत वृद्धि हुने अनुमानित लगानी सन् २०२६ मा मात्र ०दशमलव९ प्रतिशतले बढ्ने देखिएको छ ।

व्यापार वृद्धिदर पनि सुस्त रहने अपेक्षा गरिएको छ ।

निर्यात वृद्धिदर तीन प्रतिशतबाट घटेर १दशमलव८ प्रतिशत र आयात वृद्धिदर ३दशमलव८ प्रतिशतबाट १दशमलव४ प्रतिशतमा सीमित रहने देखिएको छ ।

औसत आम्दानी क्रमिक रूपमा बढ्नेछ भने बेरोजगारी दर ५दशमलव१ प्रतिशतसम्म पुग्ने सम्भावना छ ।

लागत दबाब, कम उत्पादकता र सीमित उत्पादनले कम्पनीहरूको भर्ती क्षमता सीमित गर्नेछ ।

तर ढिलो तलब वृद्धिले र सुस्त श्रम बजारले मुद्रास्फीतिमा केही हदसम्म नियन्त्रण ल्याउने बीसीसीले जनाएको छ ।

बीसीसीका अनुसन्धान प्रमुख डेभिड भारियरले भने,“बेलायतको अर्थतन्त्र कम गतिमा अघि बढिरहेको छ र यसले वित्तीय तथा राजनीतिक क्षेत्रमा चुनौती ल्याउनेछ । साना र मध्यम आकारका व्यवसायका लागि सन् २०२६ चुनौतीपूर्ण रहनेछ, लगानी र निर्यात वृद्धिमा कठिनाइ आउँछ ।”

बीसीसी आर्थिक सल्लाहकार परिषद् अध्यक्ष विक्की प्राइसले थपे,“बजेटले आवश्यक वृद्धिकारक उपाय समेटेन भने व्यवसायहरूले अर्को वर्ष पनि चुनौतीपूर्ण परिस्थितिसँग जुध्नुपर्नेछ। बेरोजगारी बढ्दा उपभोक्ता खर्च घट्नेछ र कम्पनीले थप कठिनाइ भोग्नुपर्नेछ ।” एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ