arrow

नयाँ इन्टरनेट उपग्रह अन्तरिक्षमा पठाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २६ शुक्रबार
china-rocket-launch-program.jpg

काठमाडौँ । चीनले हेनान प्रान्तको वेनचाङमा रहेको व्यावसायिक प्रक्षेपण केन्द्रबाट लङ मार्च-१२ रकेटमार्फत नयाँ इन्टरनेट उपग्रह समूह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।

बिहान ७ बजे प्रक्षेपण भएको यस रकेटले तल्लो-कक्षमा सञ्चालन हुने उपग्रहहरूको १६औँ समूह बोकेको थियो ।

प्रक्षेपणपछि सबै उपग्रहहरू तोकिएको कक्षामा सुरक्षित रूपमा प्रवेश गरेका छन् ।

यी उपग्रहहरूको सञ्चालनले चीनको इन्टरनेट सेवालाई द्रूत, स्थिर र व्यापक बनाउने अपेक्षा गरिएको छ ।

साथै, दुर्गम क्षेत्रहरूमा सञ्चार पहुँच विस्तार गर्न र आपतकालीन सेवामा पनि यसको प्रयोग हुने जनाइएको छ ।

लङ मार्च १२ नयाँ पुस्ताको विश्वसनीय रकेट हो, जसले भारी पेलोडलाई उच्च सफलतासाथ कक्षामा पुर्याउने क्षमता राख्छ ।

चीन निरन्तर उपग्रह प्रक्षेपणमार्फत विश्वस्तरीय उपग्रह-इन्टरनेट प्रणाली निर्माण गर्ने लक्ष्यमा अघि बढिरहेको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ