arrow

सुनचाँदीको भाउमा उछाल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २६ शुक्रबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ भारी वृद्धि भएको छ । 

बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा तीन हजार पाँच सय र चाँदीको सय रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

बिहीबार प्रतितोला दुई लाख ५३ हजार ५३ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ शुक्रबार दुई लाख ५६ हजार छ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

सुनको भाउ हालसम्मकै उच्च गत असोज ३१ मा प्रतितोला दुई लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

यता बिहीबार प्रतितोला तीन हजार आठ सय पाँच रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ शुक्रबार तीन हजार नौ सय पाँच रुपैयाँ कायम भएको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ